बागमती प्रदेश सदस्यमा युवा नेता मुडभरीद्वारा उम्मेदवारी घोषणा

  • प्रकाशित मिति : December 3, 2021
  • echautari.com

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बद्रिप्रसाद मुडभरीले बागमती प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधि समेत रहेका मुडभरीले संस्थापन पक्षका उम्मेदवार इन्द्रबहादुर बानियाँको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका मुडभरी नेपाल विद्यार्थी संघको पूर्वसहमहामन्त्री समेत हुन् । २०६२ सालमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति जितेका मुडभरी २ दशकभन्दा बढी राजनीतिमा बिताइसकेका छन् ।

बागमती प्रदेशमा आफ्नो सम्पर्क सञ्जाल राम्रो रहेको बताउँदै नेता मुडभरीले आफ्नो मात्रै नभइ टिमकै जित सुनिश्चित रहेको दाबी गरे ।

भोलि हुने बागमती प्रदेशको निर्वाचनमा तीन जनाको प्रतिष्पर्धा हुँदैछ । संस्थापन पक्षबाट बानियाँ, पौडेल समूहबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले प्रतिष्पर्धा गर्दैछन् ।