एजेण्डासहित राप्रपाको केन्द्रीय सदस्यमा युवा नेता पाण्डेले दिए उम्मेदवारी

  • प्रकाशित मिति : December 3, 2021
  • echautari.com

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य पदमा सुन्दर प्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको भृकुटिमण्डपमा बुधबारबाट सुरु भएको राप्रपा महाधिवेशनमा पुर्व केन्द्रीय सदस्य समेत रहेका नुवाकोट सुनखानीका पाण्डेले शुक्रबार केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

विद्यार्थी जीवनदेखि राजनीतिमा लागेका नेता पाण्डेले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न, भ्रष्टाचार, विसंगती र राजनितिक अराजकतालाई अन्त्य गर्न आफुले उम्मेदवारी दिन लागेको बताए । उनले राजेन्द्र लिङदेनको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

नेता पाण्डेले राप्रपाले अहिले अवलम्बन गरेको नयाँ नीति सक्रिय सदस्यताको आधारले प्रतिनिधि छनौट हुने हुँदा आगामी अधिबेशनपछि आर्शिवादबाट पद प्राप्त गर्ने प्रक्रियाको अन्त्य हुने पनि जिकिर गरे ।