युवा नेता सन्तोष गुरुङले दिए जिल्ला सदस्यमा उम्मेदवारी

  • प्रकाशित मिति : November 26, 2021
  • echautari.com

मोरङ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाका नेपाली कांग्रेस युवा नेता सन्तोष गुरुङले जिल्ला सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा गुरुङले जिल्ला सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् ।

जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापतिहरु पूर्वमन्त्री पूर्वपदाधिकारीदेखि वर्तमान पदाधिकारीहरु समेत अबको काङ्ग्रेसमा युवाहरुको नेतृत्व दाबी गर्दै प्रचार प्रसारमा हिडिरहेका बेला काङ्ग्रेसका निकै अनुभबी लामो समय पार्टीको काममा खटिएका नेता गुरुङले जिल्ला सदस्य पदमा उमेदवारी दिने तैयारी गरेको बताए ।

गुरुङ एक सफल व्यवसायी समेत हुन, हाल उनले आफ्नो व्यवसायमा २० जना भन्दा बढीलाई रोजगारीसमेत दिइरहेका छन् ।

गुरुङ भन्छन्; अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिलेको माग युवाको छ, त्यसैले पनि म उम्मेदवारी दिन्छु ।

यसपालिको निर्वाचनमा आफुले जिते नया योजना लिएर पार्टीको काममा खटिने गुरुङको भनाइ छ ।