कांग्रेसको शिक्षा विभागका सचिव डा. पौडेल महाधिवेशन प्रतिनिधिमा विजयी

  • प्रकाशित मिति : November 24, 2021
  • echautari.com

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा युवाहरुको वर्चश्व देखिएको छ । गत महाधिवेशनमा भन्दा यस महाधिवेशनमा आफ्नो एजेण्डासहित अघि आएका युवाहरु वडा, प्रदेश र प्रतिनिधिसभा क्षेत्रको नेतृत्वमा आएका छन् ।

सो क्रममा नेपाली कांग्रेसका शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट डा पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
डा. पौडेलले कास्की क्षेत्र नं ३ बाट खुला तर्फ विभिन्न एजेण्डासहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

पौडेलले शिक्षा विभागले तयार पारेको ‘राष्ट्रिय शिक्षा नीति’ को प्रस्तावित प्रतिवेदनलाई १४ औँ महाधिवेशनमा घनिभूत छलफल गरी यसले अंगीकार गरेका उदेश्यहरुका बारेमा सबैलाई औचित्य प्रष्ट पार्ने, पार्टीमा बैचारिक बहसको मुद्दालाई स्थापित गरी संस्थागत गर्ने, राजनीतिमा युवा तथा विज्ञको प्रतिनिधित्व सुनिश्चितता गराउने लगायतको प्रतिबद्धताहरु जारी गरेका थिए ।