प्रदेश प्रतिनिधिमा खुल्लातर्फ विद्यार्थी नेता नवीन केडीको उम्मेदवारी

  • प्रकाशित मिति : November 16, 2021
  • echautari.com

नेपाली काङ्ग्रेसका विद्यार्थी नेता नवीन केडीले आसन्न प्रदेश क्षेत्रीय अधिवेशनमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन।

उनी मोरङ क्षेत्र नम्बर ‘३’ प्रदेश ‘क’ प्रदेश प्रतिनिधिमा खुल्लातर्फका उमेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन।

विगत १० वर्षदेखि पार्टीको विद्यार्थी राजनीतिमा सक्रिय उनी नेविसंघ रत्नराज्य क्याम्पस,काठमाडौंका उपसभापति समेत हुन।निर्भीक,निडर,प्रगतिशील स्वभावका कारण उनी विद्यार्थीहरुमाझ निकै लोकप्रिय मानिन्छन।

आर.आर.क्याम्पसमा शैक्षिक गुणस्तर बढाउन,विद्यार्थीका हकहित र साझा मुद्दाहरुमा लड्न विभिन्न समयमा उनले समन्वयकारी तथा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन। अर्थशास्त्र, वित्तीयशास्त्रमा दोहोरो स्नातकोत्तर सकिसकेका उनी अहिले समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका छन। केडी अध्ययनसङै अध्यापन पनि गर्छन ।

अध्ययनशील केडीले अर्थशास्त्र र वित्तीयशास्त्रको अध्यापनलाई थाती राख्दै राजनीतिमा अझै सक्रिय हुने अठोट गरे। आफुले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई क्रमशः व्यवहारमा उतार्न राजनीतिको आगन उपयुक्त हुने केडीको ठम्याई छ। ‘अर्थ–राजनीतिको प्रगतिशील व्यवस्थापन नै आजको प्रमुख आवश्यकता हो, राजनीतिक यात्रा सफल हुँदै नेतृत्व तहमा पुग्दै गर्दा यो नै मेरो मुख्य चासो र कार्यक्षेत्रको विषय हुनेछ ।’ उनी बताउँछन।
शैक्षिक गतिविधिमा सक्रिय केडीलाई लकडाउनको समयमा आर.आर क्याम्पसमा संचालित सुपर १२ अनलाईन कक्षा , पथरी शनिश्चरे ८ मा संचालित घरदैलो अध्यापन ईत्यादी अभियानहरुले शिक्षाप्रेमी नेताको रुपमा चिन्नेहरु थुप्रै छन।

उनको लोकप्रियता क्याम्पस राजनीतिमा मात्रै सिमित छैन, मोफसलको कांग्रेस राजनीतिमा समेत उनी मन पराईएका युवा अनुहार हुन।
केडीलाई विपीको विचारधारा बोकेको उर्जाशील युवा नेताको रुपमा चिनिन्छ ।

राष्ट्रियता, प्रजातन्त्र तथा समाजवाजको स्थापनाका लागि विपीले गरेको योगदानको स्मरण गर्दै उनले भने,” म विपीको नारा बोकेर चुनावी मैदानमा उत्रिएको छु, विपीका विचार जिताउनु नै मेरो जीत हुनेछ।”
उसो त चुनावमा समान विचारधारा राख्नेहरु बीच पनि प्रतिस्पर्धा हुने गर्दछ तर त्यो उमेदवारले ती विचारधारा या सिद्धान्तलाई कति न्याय गर्दछ त्यो उसमा भर पर्दछ ।

केडी भने यसपाली विद्यार्थी राजनीतिमा उनले विद्यार्थी राजनीति हासिल गरेको सिकाई, अनुभव तथा सिर्जनसिलतालाई अबको राजनीतिक यात्रामा कुशलतापुर्वक प्रयोग गर्दै जाने बताउँछन।
अधिवेशन यही मङ्सिर ३ मा हुदैछ ।