प्यूठानको लालिगुरास रङ्गशालामा जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदै

  • प्रकाशित मिति : September 25, 2021
  • echautari.com

प्यूठान । प्यूठानको झिम्रुक गाउँपालिका दिहाल्नाचौरस्थित लालिगुराँस रङ्गशालामा जिल्लरीय टी २० क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

नेपाल खेलकुद महासंघ नौबहिनी–४ को आयोजनामा जिल्लास्तरीय टी–२० किक्रेट प्रतियोगिता हुने खेलकुद महासंघ नौबहिनीले बताएको छ । जिल्लास्तरबाट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ठूला प्रतियोगितामा सहभागी हुन सहयोग पुग्नेछ । नौबहिनी गाउँपालिका र झिम्रुकका केही युवाहरुको सहकार्यमा दिहाल्नमा ठूला–साना प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् ।

देशका विभिन्न जिल्लामा रहेका दर्जनभन्दा बढी क्लब र समूहको सहभागिता हुने अनुमान गरेको आयोजकले बताएको छ । आयोजक टोलीका संयोजक टिबी पुनले क्रिकेटको विकास गर्नलाई साना–ठूूला प्रतियोगिता निरन्तर भइराख्नुपर्ने बताएका छन् ।

सानो उमेरका युवाहरुले विगतका वर्षहरुमा उत्कृष्ट प्रदर्शन गरेको र उनीहरुलाई अवसरको आवश्यक पर्छ त्यसका लागि खेल्ने वातावरण मिलाउनालाई आफू धेरै वर्षदेखि लागिरहेको पुन बताउँछन् । आयोजक समितिका सदस्य अर्जुन एमसीले युवाहरुमा क्रिकेटप्रति धेरै लगाब छ । क्रिकेटको विकासकालाई सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

यस पटक रङ्गशालामा देशका विभिन्न क्रिकेट एकेडमीहरुमा भर्ना भएका खेलाडीहरुको सहभागितामा उनीहरुको प्रदर्शन हेर्न लाएकको हुने सदस्य सुन्दर घर्तीले बताएका छन् । यस पटक प्रतियोगितामा बिजेता हुने टोलीले आकर्षक ट्रफीका साथै नगत ३० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगितामा सहभागी हुने टिमले चार हजार रुपैयाँ तिरेर टिम दर्ता गर्नुपर्ने आयोजकले बताएको छ । खेल असोज २१ गतेदेखि प्रस्तावित लालिगुराँस रङ्गशालामा सञ्चालन हुनेछ ।

तर, प्रतियोगीहरुले असोज २० गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ । भौगलिक सौन्दर्यताले सजिएको यो ठाँउ पर्यटकीय हिसाबले पनि सबैका लागि आकर्षकको केन्द्रबिन्दु बन्न पुगेको छ । दिहाल्नाचौरबाट माछापुच्छ्रे ,धवलागिरि र जलजला हिमालको दृश्यावलोकन सहभागाीहरुले गर्न सक्नेछन् ।