मनभित्रका कुरा

  • प्रकाशित मिति : August 22, 2021
  • सुरेन्द्र चौहान

हेर्थेँ म झ्यालमा बसिकन सधै,वरपर सबै तिर
मन भने सारै नै त्यो बेला, हुने गर्दथ्यो अस्थिर।

केही गरे पनि सक्दैन थिएँ,यो मन बुझाउन पनि
त्यो बेला मन चञ्चल रहदा,हिडथेँ अल्लारे बनी।

मेरै कुटि निकट सानी सरिता, बग्दछिन जमिन मुनी
कुनै बखत दिक्क लाग्दा, हिँडछु उनकै साथी बनी ।

आफ्नै कुटि शून्य लागिरहन्छ, बाला चिच्याए पनि
फगत मन भने सधै घुमिरहन्छ, बाहिर त्यसै फनफनी।

मानव अधिक असन्तोषी छ बुझदैन मन केही गरे
हरदम दु:ख मानी रोइरहन्छ,समस्या त्यसमा परे ।

नित्य अन्न जल पान गरिकन ढुक्क भइ यो बाँच्दछ
रत्तिभर नडराई निडर बनेर कालकै अगाडि नाच्दछ।

यहि बेला `टकटक´ आवाज ढोका छेउ पो गुन्जियो
मेरा भित्री मनका यी कुरा कसले किन पो सुन्थियो।