सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन जना पक्राउ

  • प्रकाशित मिति : July 8, 2021
  • echautari.com

काठमाडौं, २४ असार । भक्तपुरको घ्याम्पे डाँडा नजिकै जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गर्दै गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नं.३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका बेला बुधबार राति ११ बजे फेला परेका थिए ।