दुई पांग्रेको खरिदमा अफर नै अफर

  • प्रकाशित मिति : July 7, 2021
  • echautari.com

लकडाउन केहि खुकुलो हुना साथ दुई दुई पाग्रे साधन विक्रि गर्ने कम्पनीहरुले नयाँ-नयाँ अफर ल्याएका छन ।
नेपालमा सवैभन्दा धेरै विक्रि हुने होण्डा साइन ले पुरानै अफरलाई दोहोरयको छ । उसले ६० प्रतिशत डाउन पेमेन्टमा १ प्रतिशतको व्यजदरमा १२ महिनाको किस्ता र रु १ डाउन पेमेन्टमा १४.५ प्रतिशत ब्याजदरमा बाइक उपलब्ध गराउनेछ ।
त्यस्तै यामहा कम्पनीले ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याजदरमा बाइक उपलब्ध गराउनेछ ।
एप्रिला कम्पनीले भेस्पा तथा एप्रिला मनसुन अफर ल्याएको छ । जस्सामा ० प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा, दुई बर्षको सडक कर छुट, नगद डिस्काउन्ट ५ हजार, रेनकोट बडि कभर तथा हेलमेट उपहार जस्ता अफर ल्याएको छ ।
कम्पनीहरुले आफनो विक्रि बढाउन यस्ता अफरहरु ल्याउँदछ । पछिल्लो समय दुई पाँग्रे सवारी मध्यम वर्गको रोजाईमा पर्दै आएको छ ।