जर्मनलाई २-० ले पराजित गर्दै इङ्ल्याण्ड क्वाटरफाइनलमा

  • प्रकाशित मिति : June 29, 2021
  • echautari.com

जर्मनीलाई हराउँदै इङ्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति घरेलु मैदानमा भएको राउण्ड अफ १६ को खेलमा जर्मनीलाई २–० गोल अन्तरले हराउँदै इङ्ल्याण्ड युरोकपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ७५ औँ मिनेटमा फरवर्ड रहिम स्टर्लिङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

रहिमले २० अन्तराष्टिय खेलमा १५ गोल गर्न सफल भएका हुन्। खेलको ८६ औँ मिनेटमा कप्तान ह्यारी केनले अग्रता दोब्बर पारे। केनले जारी युरोकपमा पहिलो गोल गरेका हुन्।
खेलमा थप गोल हुन सकेन र इङ्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा पुगेको हो।

इङ्ल्याण्डले क्वार्टरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ।
आज राति पौने १ बजे हुने खेलमा स्वीडेन र युक्रेन भिड्दै छन्। योसँगै युरोकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।