युरो कप : अन्तिम १६ मा कुन–कुन टिमबीच कहिले हुँदै छ भिडन्त ?

  • प्रकाशित मिति : June 24, 2021
  • echautari.com

काठमाडौं । युरो २०२० मा अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । बिहीबार बिहान समूह चरणका खेल सकिएसँगै प्रि–क्वाटर फाइनल समीकरण पूरा भएको हो ।

अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम र ६ समूहममध्ये तेस्रो हुने ४ उत्कृष्ठ टिमले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । नकआउट चरणका खेल शनिबारदेखि शुरु हुनेछन् ।

कुन समूहबाट  को विजेता  कुन टिम उपविजेता ?
समूह ’ए’
इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो
समूह ’बी’
बेल्जियम विजेता र डेनमार्क उपविजेता
समूह ’सी’
नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो
समूह ’डी’
इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो
समूह ’ई’
स्विडेन विजेता र स्पेन उपविजेता
समूह ’एफ’
फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो

कोसँग कस्को भिडन्त ?
वेल्स भर्सेस डेनमार्क – असार १२ गते राति ९:४५ बजे
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२:४५ बजे
नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते राति ९:४५ बजे
बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते राति १२:४५ बजे क्रोएसिया भर्सेस स्पेन – असार १४ गते राति ९:४५ बजे
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते राति १२:४५ बजे
इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते राति ९:४५ बजे
स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति १२:४५ बजे