चार मन्त्रीसहित मुख्यमन्त्री पोखरेलले लिए शपथ

  • प्रकाशित मिति : June 12, 2021
  • echautari.com

काठमाडौं, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चारजना मन्त्रीसहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री पोखरेलसहित चार जना मन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले  आफ्नै निवासमा शनिबार साँझ शपथग्रहण गराएकी हुन् ।

मन्त्रीका रुपमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले शपथ ग्रहण गरेका छन् । चारैजना मन्त्री बिनाा विभागीय हुन्।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।