जोर्डनले गर्‍यो तेस्रो गोल, नेपाल ३-० ले पछाडि

  • प्रकाशित मिति : June 7, 2021
  • echautari.com

काठमाडौं, जोर्डनले नेपालविरुद्ध फेरि १ गोल हानेको छ । खेलको पहिलो हाफमा २-० को अन्तरले पछि परेको नेपाललाई दोर्सो हाफमा १ गोल थप गर्दै ३-० को अन्तरले अगाडि छ ।
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा अहिले नेपाल र जोर्डनबीच प्रतिस्पर्धा भइरहेको छ। 

जोर्डनले खेलको २३ मिनेटमा पेनाल्टीबाट अग्रता लियो। जोर्डनका लागि फैसलले गोल गरे। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएका थिए।
समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। जोर्डनलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।
 
समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।

१५ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका पाँचै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान १०-१० अंक जोडेका छन्।
नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका ६ खेलमै हार बेहोरेकाले अंक जोड्न सकेको छैन।