प्रदेश २ : सरकार पुनर्गठनका लागि सत्तापक्ष र कांग्रेसबीच छलफल सुरु

  • प्रकाशित मिति : June 7, 2021
  • echautari.com

काठमाडौं, प्रदेश २ मा सरकार पुनगर्गठनका लागि सत्तापक्ष र नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । आज बिहान सो छलफल सुरु भएको हो ।

छलफलमा कांग्रेसका तर्फबाट उपेन्द्र कुसवाह, वीरेन्द्र सिंह, शिवचन्द्र चौधरी सहभागी छन् । त्यस्तै सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह सहभागी छन् ।

मुख्यमन्त्री लालबाबुर राउतले आइतबार जसपाको महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए । त्यससँगै सरकार पुनर्गठनको विषयमा छलफल सुरु भएको हो ।
छलफल चलिरहेको र सम्भव भएसम्म चाँडै नै सरकार पुनर्गठन हुने सम्भावना रहेको छलफलमा सहभागी एक नेताले बताए । यद्यपी मन्त्रालय बाँडफाँट र भागवण्डाको विषयमा सहमति जुटीनसकेको छलफलमा सहभागी एक मन्त्रीले बताए ।