६ हजार ८५ जना संक्रमित थपिए, ६८ जनाको मृत्यु

  • प्रकाशित मिति : June 1, 2021
  • echautari.com

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।

यो अवधिमा ६८ जनाले ज्यान गुमाएका छन्। यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७ हजार ४५२ पुगेको छ।

आज ६ हजार ८९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हिजो ४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ निको भएका थिए भने ११४ जनाको निधन भएको थियो।

हालसम्म नेपालमा ५ लाख ६६ हजार ५८७ जनामा संक्रमण भएकोमा ४ लाख ५४ हजार ३४४ जना निको भएका छन्।