के हुन्छ त प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दा ? आज पनि सुनुवाइ हुँदै

  • प्रकाशित मिति : May 30, 2021
  • echautari.com

काठमाडौं, जेठ १६ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। 

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् । इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ। 

१ सय ४६ सांसदको रिटमाथि बहस शुरु शुरु गर्दै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएपछि केहीबेर महान्यायाधिवक्ता रमेश बडालसँग चर्काचर्की नै परेको थियो । बन्दीले संवैधानिक इजलास गठनमाथि प्रश्न उठाएपछि आइतबारसम्मका लागि सुनुवाइ  स्थगित गरिएको थियो।