दिपक पाठक र रचना रिमालको गीतमा नाचे दुर्गेश थापा र एञ्जल श्रेष्ठ (भिडियोसहित)

  • प्रकाशित मिति : May 18, 2021
  • echautari.com

काडमाडौँ, पछिल्लो समय नेपाली सङ्गीत बजारमा निरन्तर गीतहरु ल्याइरहेका गायक तथा सङ्गीतकार दिपक पाठकको नयाँ किसिमको रोमान्टिक गीत ‘दिलकी रानी’ सार्वजनिक भएको छ । दिपक पाठक र रचना रिमालको आवाजमा रहेको गीत दिपक पाठक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।

पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा चलिरहेको रोमान्टिक डान्सिङ धारलाई समातेर तयार गरिएको गीतमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडाको सुन्दर नृत्य र अभिनय हेर्न सकिन्छ । गीतले युवायुवतीबीचको पे्रमलाई प्रस्तुत गरेको छ ।

गायक दिपक पाठकको आफ्नै शब्द र सङ्गीत रहेको उक्त गीतमा सङ्गीत संयोजन गर्ने काम विश्व अधिकारीले गरेका छन् भने गीत ओपल रेकर्डिङ स्टुडियोमा जेम्स विश्वकर्माले रेकर्ड गरेका हुन् । विप्लव अधिकारीले मिक्सिङ र मास्टरिङ गरेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी काजिश श्रेष्ठले गरेका हुन् भने भिडियो इडिटको काम पदम सुवेदीले गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।