तेजेन्द्र काफ्लेको शब्दमा लाबोनी प्रमोदको ‘देश नदुखोस्’ सार्वजनिक

  • प्रकाशित मिति : May 10, 2021
  • echautari.com

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका उदाउँदा तारा लाबोनी प्रमोदको देशभक्ति गीत ‘देश नदुखोस’ सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा गीतकार तेजेन्द्र काफ्लेको रचनामा सजिएको उक्त गीत आइतबार सार्वजनिक भएको हो ।

देशभक्ति भावले अत्यन्तै ओतप्रोत भएको शब्द, सङ्गीत अनि कर्णप्रीय आवाजले गीत साँच्चै हृदय छुने भएको छ । जताततैबाट देशलाई अप्ठ्यारो परिरहेको समयमा झन् सान्दर्भिक छ, हामी नेपाली अनि हाम्रा अनेकौँ सम्पदा र संस्कृतिहरू हाम्रा पहिचान हुन् । सबैलाई सम्मान गर्दै भातृत्वको विकास गर्नु नै अहिलेको प्रमुख माग हो, गीतले पनि त्यही भन्छ ।

डेनी निरौलाले संगीत भरेका उक्त गीत लाबोनी प्रमोदको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा देशका हरेक क्षेत्रलाई उज्जयालोले जोडोस्, हरेक क्षेत्र उर्वर होस्, एक क्षेत्रले अर्कोलाई सहयोग गरोस् भन्ने भावलाई झल्काइएको छ ।