शंकर पोखरेलसँग बहुमत नभएको भन्दै शपथ रोक्न ४० सांसदको प्रदेश प्रमुखलाई लिखित निवेदन

  • प्रकाशित मिति : May 2, 2021
  • echautari.com

काठमाडौं, वैशाख १९ । प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले एमालेका नेता शंकर पोखरेलसँग बहुमत नरहेको भन्दै शपथ रोक्न लिखित निवेदन दिएका छन् ।

कांग्रेस प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउन बहुमत नरहेको बताए ।

प्रदेशसभाका ४० सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर शपथ रोक्न लिखित निवेदन दिएका हुन् । ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद थिए । तर, दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित विमला ओलीले माओवादी केन्द्र रोजेपछि एमालेको प्रदेशसभामा ४० सदस्य कायम भएको छ ।

४० सांसदको हस्ताक्षर रहेको निवेदनमा माओवादी केन्द्रका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।