दिपक पाठकको ‘गुराँसको ओठबाट’ सार्वजनिक (भिडियोसहित)

  • प्रकाशित मिति : May 2, 2021
  • echautari.com

काठमाडौं, वैशाख १९ । गायक तथा संगीतकार दिपक पठकको नयाँ गीत ‘गुराँसको ओठबाट लाली’ बोलको गीत सार्वजनिक भएको छ । दिपक पाठक र सुनिता थेगिमको स्वरमा रहेको उक्त गीत बिहीबार दिपक पाठक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

नेपाली सुगम सङ्गीत र चलचित्र समेतमा आफ्नो आवाज र सङ्गीत दिसकेका पाठकको यो गीतमा पनि आफ्नै संगीत रहेको छ भने रश्मी मैनालीको शब्द रहेको छ ।

मायालु जोडीको कथामा आधारित यस गीतको भिडियोलाई सुन्दर खड्काले निर्देशन गरेका हुन् । भिडियोमा याङसु श्रेष्ठ र इन्द्र नेवारलाई फिचरिङ गरिएको छ । दिल कुमारी श्रेष्ठ (दिपा)ले निर्माण गरेको उक्त गीतको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् ।

गीतको सङ्गीत सम्योजन विश्व अधिकारीले गरेका हुन् भने नागेन्द्र बिक्रम राईले फ्ल्युट र रेकर्ड मिक्स मास्टर विप्लव अधिकारीले गरेका छन् । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको गीतलाई दिलकुमारी श्रेष्ठ दिपाले निर्माण गरेकी हुन् ।

भिडियो कालिञ्चोकलगायतका अत्यन्तै सुन्दर स्थानहरुमा छायाङ्कन गरिएको छ । दिपक पाठक युट्युब च्यानलबाट अपलोड गरिएको भिडियोलाई दर्शकहरुले अत्यन्तै मन पराएका छन् । विकास दाहालको सम्पादनमा तयार भएको उक्त गीतको भिडियो निकै आकर्षक बनेको छ ।
भिडियो हेर्नुहोस्: