पौषको १० गतेबाट हल खोल्ने हल व्यवसायीहरु घोषणा

  • प्रकाशित मिति : December 16, 2020
  • echautari.com

काठमाडौंहल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले बन्द रहेका हलहरु पौषको १० गतेबाट खोल्ने घोषणा गरेको छ ।

संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै बन्द रहेको ९ महिनापछि हल खोल्ने घोषणा गरेको हो ।

विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो ।

सरकारले बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा संघले गरेकाे हाे ।