गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • प्रकाशित मिति : November 27, 2020
  • echautari.com

नेपाल ज्योति-गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। इश्मा गाउँपालिका-४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा इश्मा- ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिएका छन।

दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताएका छन।

बिहान ७:२० बजेतिर ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको र चालक सकुसल रहेको कार्कीले बताएका छन।